नियम ४६
यातायात सेवा सञ्चालन अनुमतिपत्र स्थगित गर्ने
(१) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त सवारीको धनी वा व्यवस्थापकले यातायात सेवा सञ्चालन गर्न नसक्ने भएमा सो को कारण सहित यातायात सेवा स्थगित गर्ने स्वीकृतिको लागि अनुसूची–५० बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र स्थगित गर्न उपयुक्त देखेमा अनुसूची–५१ बमोजिमको ढाँचामा यातायात सेवा सञ्चालन स्थगित गर्ने अनुमति
दिनेछ ।
(३) उपनियम (२) बमोजिम यातायात सेवा स्थगित गर्न अनुमतिपत्र दिइएको व्यहोरा अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा समेत जनाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम स्थगित भएको यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रमा उल्लिखित अवधि भित्र सम्बन्धित सवारी धनी वा व्यवस्थापकले स्थगित भएको यातायात सेवा पुन सञ्चालन गर्ने अनुमतिको लागि नियम ४५ मा उल्लिखित कागजातहरू संलग्न गरी विभागमा अनुसूची–५२ बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम यातायात सेवा पुन सञ्चालन गर्नको लागि पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो यातायात सेवा पुन सञ्चालन गर्न उपयुक्त देखिएमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा सोही व्यहोरा जनाई अनुसूची–५३ बमोजिमको ढाँचामा यातायात सेवा पुन सञ्चालन अनुमतिपत्र दिनेछ ।